ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)
यो वर्ष ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भको समय गुरु, शनि, सूर्य, चन्द्र र राहु अनुकूल रहने हुँदा गरेका काममा सफलता मिल्ने छ । व्यापार उन्नति, शैक्षिक उन्नतिका साथै कूटनैतिक कार्यलाइ लिएर विदेश यात्रा हुने योग छ । राजनीतिमा वैदेशिक सहयोग प्राप्त भई अरुलाई उछिन्दै अघि बढ्ने अवसर पनि मिल्नेछ ।
कार्तिक १३ देखि फाल्गुन ४ सम्म ग्रह गोचर राम्रो भएकोले महत्वपूर्ण काम हरु त्यति बेलानै गर्नु राम्रो हुनेछ । राशिमा एकादश तृतीय स्थानमा गुरुको दृष्टि पर्ने हुँदा आम्दानी प्रसस्त मात्रामा हुने, पढाइमा प्रगति हुने, तथा सन्तान प्राप्ती र भएका सन्तानले उन्नति गर्ने योग बलियो छ । किशोर किशोरीहरुलाई प्रेम गर्ने अवसर मिल्नेछ । साथै वैवाहिक वन्धनमा बाँधिने सम्भावना रहन्छ ।
[bs-quote quote=”ज्येष्ठ, श्रावण, आश्विन, माघ अशुभ महिना हुन भने वैशाख, भाद्र, कार्तिक, पौष, फाल्गुन शुभ महिना हुन्। अरु मध्यम रहने छन् । ” style=”style-21″ align=”left”][/bs-quote]
औद्योगिक कार्यमा लाग्नेहरुको लागि समय अनुकूल रहनेछ । निर्माण व्यवसायीहरुले सोचेजस्तै सफलता पाउनेछन् । आषाढ ९ गते देखि कार्तिक १२ गते सम्म गुरु प्रतिकूल हुनाले शत्रु बढ्ने, काममा अवरोध आउने, वैदेशिक कार्यमा समस्या हुने र नोकरीमा संकट आउनुको साथै राजनीतिमा ठूलो संकट अउनेछ ।
विस्वास गरेकाले धोका दिनेछन् । व्यापारमा संकट आउने, कूटनैतिक कार्यमा असफल भई राजनीतिमा मुद्धा मामिलाले वदनाम हुनसक्ने यो समय अति संयम हुनुपर्नेछ । कार्तिक १३ देखि फाल्गुन ४ सम्म ग्रह गोचर राम्रो भएकोले महत्वपूर्ण कामहरु त्यति बेलानै गर्नु राम्रो हुनेछ । फाल्गुन ५ देखि अढैया शनि सुरु हुने हुँदा समय प्रतिकूल हुनेछ । आर्थिक कठिनाई धेरै बढ्नेछ । स्वास्थ्यमा वाधा आउनेछ । मुटु तथा मस्तिष्कमा समस्या आउन सक्छ ।
पति–पत्नी बीच सम्बन्ध बिग्रन सक्छ । ज्येष्ठ, श्रावण, आश्विन, माघ अशुभ महिना हुन भने वैशाख, भाद्र, कार्तिक, पौष, फाल्गुन शुभ महिना हुन्। अरु मध्यम रहने छन । ओं शं शनिश्चराय नमः यो मन्त्रको जप वर्षारम्भ देखिनै गर्नु होला ।
……………………………………………
ज्यो.पं.वैद्यराज दीपक सुवेदी
मिथुन राशिको लागि यो वर्षको मध्यसम्म अल्लि बढी संघर्षप्रद गोचर रहेकोले स्वकर्मबाट विचलित नहुन संयम एवं सहनशक्ति र कर्मयोग बढाउनु उचित हुनेछ । जसले विभिन्न बाधा अड्चन एवं अपयशको बाबजुत आंशिक कार्यमा सफलता मिल्ने छ । महत्त्वाकांक्षी स्वभाव हुनेहरूलाई कम उपलब्धिले मानसिक उद्दिग्नता तथा उदासिनता बढ्न गइ आस्थाको धरोहरमा ह्रास आउने एवं किंकर्तव्य विमूढताको मनोविज्ञानले प्रसय पाउने हुनसक्ने छ ।
जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई दाम्पत्यसम्बन्धमा ह्रास आउने तथा जीवनसाथीलाई कष्ट हुने सम्भावना छ । प्रेममा धोखा हुने तथा कपटी प्रेमको फन्दामा परिनसक्ने खतरा छ । कसैकसैलाई कुसंगत एवं सरुवा तथा गुप्तरोगको भय भएकोले आत्मसंयमको निकै जरुरी देखिन्छ । परिवारमा पनि रोगव्याधिले सताउनसक्ने छ ।
जन्मकालीन ग्रह अनुकुल हुनेहरूलाई भने आकस्मिक लाभ एवं उपलब्धि मिल्नेछ । वर्षको उत्तरार्धबाट ग्रहगोचरमा केही सुधार आउने र कामकार्य एवं परिस्थितिमा सहज हुनेछ । सकारात्मक चिन्तनले सद्कर्म बढाउन सकिनेछ । घर परिवार तथा आफन्तिबाट टाढिनेजन्य यात्रामा सफलता मिल्ने छ । व्यापार तथा व्यवसायबाट पनि केही लाभांश हातपार्न सकिने छ ।
शिरशूल, स्नायु तथा नशारोग, यौनरोग, गर्भाशय, मलाशय, ठूलोआन्द्रा, पौरुष ग्रन्थी, मिर्गौला, संक्रामक रोग र हार्मोनिक समस्या आदिको सम्भावनालाई नकार्न नसकिने हुनाले तत्सम्बन्धी विषयमा संयम र सजग हुनु जरुरी देखिन्छ ।
यो वर्ष अनिष्ट फललाई न्यून गर्न हतोत्साही नभइ इष्टदेवको भक्ति तथा साधनालाई बढाउँदै हनुमान–शनिमहाकाल, महाकाली, भैरव–छिन्नमस्ता र विद्यार्थीले माँ सरस्वती तथा सर्वसाधारण सबैले माँ वगलामुखी एवम् कुलदेवताको श्रद्धाभक्ति, जपपाठ, स्तुति, काग–कुकुर सेवा र ब्रह्मज्ञानी गुरुजनको आर्शिवाद लिने जस्ता उपाय एवं व्रत अवलम्वन गर्नु हितकर हुने छ ।
[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम