गोरखा । गोरखाको धार्चे गाउँपालिकाले गाउँमा खबर आदानप्रदान गर्ने कटुवाललाई मासिक पारिश्रमिक दिन थालेको छ । हरेक वडामा इन्टरनेट पहुँच पुर्याएको गाउँपालिकामा मोवाइल र रेडियो, टेलिभिजनजस्ता सञ्चार साधनको पहुँच पुगे पनि गाउँमा खबर आदानप्रदानका लागि कटुवाल राखिएको हो ।
लाप्राक, गुम्दा, लापु, उहिया, केरौंजा र काशीगाउँमा कटुवाल नियुक्त गरी गाउँपालिकाबाट मासिक पारिश्रमिक दिन सुरु गरेको गाउँपालिका प्रमुख सन्तोष गुरुङले जानकारी दिए । ‘गाउँपालिकाको एक तिहाइ जनसंख्याले नेपाली भाषा बुझ्दैनन्,’ अध्यक्ष गुरुङले भने, ‘स्थानीय (गुरुङ) भाषामा कटुवालले खबर आदानप्रदान गर्छन्।’
गाउँका खबर आदानप्रदान गर्न बाबुबाजेका पालादेखि नै कटुवाल थिए। खबर सुनाए बापत कटुवाललाई गाउँलेहरुले बार्षिक रुपमा मकै, आलुलगायत अन्न दिने गर्दथे । एक हजार पाँच सय रुपैंयाका दरले कटुवाललाई पारिश्रमिक दिने गरेको उनले बताए । उनले भने, ‘एक वडामा एक जना कटुवाल छन्। जसले गाउँलेलाई उनीहरुले बुझ्ने भाषामै खबर सुनाउँछन्।’
कटुवालहरुले अन्न लिन नमानेपछि गाउँपालिकाले नै मासिक पारिश्रमिक उपलब्ध गराएको हो। गाउँपालिकाले सातै वडाका बासिन्दालाई लक्षित गरेर नि:शुल्क टेलिफोन सेवा पनि सुरु गरेको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र सडक निर्माणलाई प्राथमिकतामा राखेको छ। २०७२ साल बैशाख १२ मा गएको भूकम्पको केन्द्र मानेर इपिसेन्टर ट्रेकिङ ट्रेल निर्माण गर्ने जनाएको छ।
सम्बन्धित खबर
उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात
गोरखामा ५ सय रोपनी बाँझो जमिनमा व्यावसायिक ओखरखेती सुरू
गोरखाका कर्खा गायक लालबहादुर गन्धर्वको निधन
गोरखामा वृद्धभत्ता बुझेर फर्किँदै गर्दा भीरबाट लडेर एक वृद्धको मृत्यु
गोरखामा एक पसलमा आगलागी, सामान जलेर नष्ट
गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो