पोखरा । पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबको आयोजनामा मंगलबारबाट सुरु भएको दोस्रो जुनियर कमलपोखरी कप—२०७५ अण्डर नाइन्टिन सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेल भोली हुने भएको छ । अण्डर नाइन्टिन प्रतियोगितामा ४० टीम सहभागी थिए । आयोजकको अनुसार क्वाटर फाइनल खेलबाट ४ टिम सेमिफाइनलमा छनौट भएका छन् ।
आज भएको क्वाटर फाइनल खेलमा सोल्टी एफसीले युनाईटेडलाई २-० गोलले, एभरग्रीन (ए) ले जुनियर एफसीलाई पेनाल्टीमा ३-२ गोलले पराजित गरेको थियो । त्यस्तै, अक्सफोर्डले ध्याचोकलाई ५-१ गोलले र रञ्जन मेमोरियले एभरग्रीन (बि) लाई पेनाल्टीमा ३-२ गोलले पराजित गरेको हो ।
आयोजकको अनुसार नयाँ वर्षको दिन बैशाख १ गते फाइनल खेल हुने छ । खेलमा प्रथम हुने टीमलाई नगद ४२ हजार २ सय २२ रुपैँया र दोस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैँया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते