सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाल युएईसँग १ रनले पराजित

सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाल युएईसँग १ रनले पराजित

circket nepal

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल युएईसँग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको हो । नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि खेल रोकिएको थियो ।

त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिदा खेलको निर्णय डिएलबाट गरिएको थियो । डिएलमा युएईले ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि नेपाल १ रनले पराजित भएको हो । वर्षाले खेल रोकिनु अघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो ।

पराजित भएसंगै छनोटको उपाधि जित्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेपाललाई हराएर लगातार दोस्रो जित निकालेको युएई ४ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको कुवेतको ४ अंक नै छ । अब नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग सोमबार खेल्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ