भारतीय जनता पार्टीका सांसद तथा लोकसभा उम्मेदवार साक्षी महाराजले उत्तर प्रदेशकाे उन्नावमा जनसभालाई सम्बोधन गर्दै फरक शैलीमा भोट मागेका छन् । ‘म सन्यासी हुँ र म भोट माग्न आएको हुँ, यदि मलाई भोट दिनुहुन्न भने तपाइँहरुलाई म मेरो श्राप दिन्छु,’ सधैँ चर्चा र विवादमा रहने उनले भने ।
जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘म सन्यासी हुँ र जब एक सन्यासी कसैको घरमा आउँछ भने ऊ भिक्षा माग्छ, याचना माग्छ । यदि उसको कुरा नमान्दा तपाईँहरुलाई थाहा नै छ, सन्यासी गृहस्थीको पुण्य लिएर जान्छ र आफ्नो पाप दिएर जान्छ, यो शास्त्रमा लेखिएको छ । म सम्पत्ति माग्न आएको होइन, जमिन र हिस्सा माग्न पनि आएको होइन, केही अर्कै वस्तु माग्न आएको हुँ ।’ उन्नावमा चोथौ चरण अर्थात् २८ अप्रिलमा मतदान हुँदैछ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते