पोखरा । सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । रोगलाग्नु अगावै सचेत बनाउन सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको युआरएलले वैशाख महिनाभर सभागृहचोकमा रहेको मुख्य कार्यालय र दमौली र दुलेगौंडामा रहेका शाखामा सित्तैमा मधुमेह जाँच हुनेछ ।
https://www.facebook.com/urlnepal/videos/445743322900513/
गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएलले वैशाख महिनाभर सबैखाले परीक्षणमा ३० प्रतिशत छुट दिने प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । यो क्षेत्रमा रेफरेन्स ल्याब सुरु गरेको युआरएलले गुणस्तरीय सेवा सर्वसाधारणसम्म पु¥याउन यो स्किम ल्याएको पन्तले बताए । उनले भने, ‘सर्वसाधारणमा ल्याब गएर जाँच गरी समस्या पत्ता लगाउन निदान गर्ने चलन हामीले बसायौं । सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने अभियानको पनि युआरएलले नै नेतृत्व गर्दै छ ।’
५ वर्षअघि स्थापना भएको युआरएलले अहिलेसम्म निशुल्क शिविर र असहाय, गरिब गरी ४२ हजारभन्दा बढीलाई नि:शुल्क सेवा दिइसकेको छ । विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले अहिलेसम्म ७० वटा निशुल्क शिविर गरिसकेको छ ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो