पोखरा ।नेपालीबाट अष्ट्रेलियन बनेका युवा ईतिहासमा पहिलो पटक अष्ट्रेलियाको संघीय निर्वाचनका प्रतिनिधि बन्दैछन् । आजभन्दा २० वर्ष अघि ६ वर्षको उमेरमा नवलपरासीबाट आफ्ना अभिभावकसँगै अष्ट्रेलिया गएका परमेज श्रेष्ठ हाल अष्ट्रेलियामा पीजे उपनामले चर्चित छन् ।
बिहीबार बसेको अष्ट्रेलियाको सत्तासीन लिबरल पार्टीको न्यूसाउथवेल्स राज्य कार्यसमितिले सिड्नी निवासी परमेज श्रेष्ठलाई आगामी मे १८ मा हुने संघीय निर्वाचनमा बार्टन क्षेत्रबाट उम्मेद्वारका रुपमा सिफारिस गरेको हो ।
अस्ट्रेलियाको संघीय निर्वाचनमा नेपालीको बाहुल्यता रहेको वार्टन क्षेत्रबाट परमेजलाई उठाउने निर्णय लिबरल पार्टीले गरेपछि त्यस क्षेत्रका नेपालीमा ठूलो उत्साह देखिएको सेतोपाटीले न्यूज प्रकाशित गरेको छ । परमेज श्रेष्ठ मिष्टर नेपाल ओसिनिया समेत हुन्।
अस्ट्रेलियाको इतिहासमा पहिलो पटक नेपाली मुलका युवालाई केन्द्रीय संसदमा पुग्ने मौकाका रुपमा हेरिएको लिबरल फ्रेन्ड्स अफ नेपालले जनाएको छ । आफु अष्ट्रेलियाको संघीय निर्वाचनका प्रतिनिधि हुन पाउनु सम्पूर्ण नेपाली समुदायको लागि निकै ठूलो उपलब्धि भएको उनको भनाई छ । अस्ट्रेलियाको सत्तासिन दलले आफ्नो काम र नेपालीहरुको प्रभाव देखेर पनि आफूलाई अगाडि बढाउन लागेको उनले दाबी गरे ।

गएराति पार्टीले आफुलाई टेलिफोन मार्फत त्यस क्षेत्रमा उम्मेदवार बनाउने खबर दिएको उनले बताए । आधिकारीक रुपमा केहि दिनभित्रै सार्वजनिक हुने भएको छ । लिबरल फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष विवेक थापाले उनी संस्थाको युथ कोर्डिनेटर पनि भएको र नेपालीहरुको प्रभाव अस्ट्रेलियामा बढ्दै गएको यो उम्मेद्वारीले प्रमाणित गरेको बताए । श्रेष्ठ उम्मेदवार हुने कुराले सबै नेपालीहरुलाई उत्साहित बनाएको बताउँदै उनलाई जिताउन सबै नेपाली एक भएर लाग्ने थापाले बताए ।
श्रेष्ठलाई उम्मेदवार बनाइएको क्षेत्र बार्टनमा नेपालीहरुको सबैभन्दा घना बसोबास रहेको छ । यो क्षेत्रमा सिड्नीको रकडेल, कोग्रा, हस्र्ट्िभल क्षेत्र पर्छ । यस्तै टेम्पे, ओलाई क्रिक, बेल्मोर, बेभर्ली हिल्स, क्याम्सी, क्यान्टरबरी, कार्लटन, डुलविच हिल, म्यारिकभिल लगायतका ठाउँ यही क्षेत्रमा समेटिएका छन् ।
न्यूसाउथवेल्सको राज्य चुनावमा निकै सक्रिय रहेका परमेजलाई यस क्षेत्रबाट उठाउने निर्णय ऐतिहासिक भएको छ । उनी अष्ट्रेलियाको संघीय निर्वाचनमा उम्मेदवार सिफारिस गरिएका पहिलो नेपाली मूलका ब्यक्ति हुन् ।
https://youtu.be/DEgtc0HZfys
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम