‘सरकारी डाक्टर काम नगर्ने हो ? अब सरकारले हस्तक्षेप गर्छ’: मन्त्री पण्डित

‘सरकारी डाक्टर काम नगर्ने हो ? अब सरकारले हस्तक्षेप गर्छ’: मन्त्री पण्डित

lalbabu

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी डाक्टरहरूसँग सरकार वार्तामा नबस्ने बताएका छन्। धनगढीमा प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले सरकारी डाक्टरहरूको माग संविधान र सङ्घीयताविरोधी भएकाले वार्ता सम्भव नभएको बताए। डाक्टरहरूले आन्दोलनको नाममा रडाको गरिरहेको मन्त्री पण्डितले टिप्पणी गरे ।

उनले भने, ‘हामीलाई सङ्घीयता लागू हुनु हुँदैन भनेर डाक्टरहरू आन्दोलित भएका छन्। यो माग संविधान र सङ्घीयताविरोधी हो। यसमा बार्ता गर्न आवश्यक छैन।’ सरकारले खटाएको ठाउँमा नजाने डाक्टरलाई सरकारले कारबाही गर्ने मन्त्री पण्डितले चेतावनी दिए। ‘सरकारले अब हस्तक्षेप गर्छ’ मन्त्री पण्डितले भने, ‘ऐन कानुनअनुसार दण्डित गर्ने छौँ।’

मन्त्री पण्डितले यो आर्थिक वर्षभित्र जनशक्ति व्यवस्थापनको सम्पूर्ण काम सम्पन्न गर्ने बताए। उनले भने, ‘कर्मचारी व्यवस्थापन सम्पन्न गरेर, आउँदो आर्थिक वर्षबाट सरकारको गति पाउँछ। अहिले झन्डै ३२ /३३ हजार कर्मचारीको आवश्यकता भए पनि पहिलो चरणमा १५-२० हजार नयाँ कर्मचारी भर्ना गरेर जनशक्ति पूर्ति हुने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ