मलद्वारमा सुन लुकाएर ल्याउने विमानस्थलबाट प्रहरीको फन्दामा !

मलद्वारमा सुन लुकाएर ल्याउने विमानस्थलबाट प्रहरीको फन्दामा !

gold

प्रतिकात्मक तस्विर

काठमाण्डौ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट तीन किलो तीनसय ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्। चीनको कुनमिङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार अपरान्ह काठमाडौं उत्रेका उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले शंका लागि चेकजाँच गर्दा सो परिमाणको सुन भेटिएको हो।

शंका लागेपछि केएमसी अस्पतालमा लगेर एक्सरे गराउँदा मलद्वारमा रहेको अवस्थामा सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुरले जानकारी दिए। माओ निङहुवा सहित चीनको कुनमिङबाट साढे ३ बजे ओर्लिएका उनीहरू चेकजाँचका क्रममा केही असजिलो मानेपछि प्रहरी र भन्सारका अधिकारीहरूले तीनैजनालाई अस्पताल लगेको थियो।

प्रहरीका अनुसार सुन निलेर आएका उनीहरूको पेटबाट सुन निकाल्न औषधी खुवाउनु परेको थियो। उनीहरूमध्ये दुईजनाले एक(एक किलो र एकजनाले एक किलो तीनसय ग्राम सुन मलद्वारमा लुकाएका थिए। सुनलाई पहिलो तहमा कार्बन पेपर त्यसपछि टेप र बाहिरबाट कण्डममा राखेर मलद्वारमा लुकाएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds