गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तीजमा हराएको छाताको अभाव राजु ढकाललाई अझै छ । पशुपति शर्मा, देवी घर्ती र सुस्मिता घर्तीसँग ‘छाता हरायो, लौरी हरायो’ भन्दै गुनासो गरेका राजु अहिले नाता जोड्न ‘छाता थिएन’ भन्दै फेरि झुल्किएका छन् । तर, आफ्नै सालीलाई छाता माग्ने नाता थिएन भन्दै ढाँटेका छन् । यसो भन्न शिव हमालले बाध्य पारेका हुन् । शिशिर पौडेल र अञ्जली अधिकारीलाई पनि राजु र सुष्मितासँगै ‘हो मा हो’ मिलाउन बाध्य पारेका छन् हमालले ।
पाँच जनाको यो कम्बिनेशन भर्खरै युट्युबमार्फत सार्वजनिक भएको ‘छाता थिएन’ बोलको गीतमा मिलेको हो । यस गीतलाई विशाल गुरुङले प्रस्तुत गरेका छन् । पछिल्लो समय गायनसँगै गीतका भिडियोहरुमा पनि छाईरहेका राजु ढकालले आफ्नै साली सुष्मिता घर्तीमगरसँग स्वर मिलाएका छन् । दिदी देवी घर्तीसँग दुरुस्तै लाग्ने स्वर भएकी सुष्मिताले घुम्टे साइलो, सिंगापुरे सारी, कस्तो माया लगायतका चर्चित गीतहरु ल्याइसकेकी छिन् ।
चर्चित लय तथा शब्द संकलक शिव हमालले मनमा प्रेमको अंकुर पलाएपनि व्यक्त गर्न नसकेको भावलाई मिठो शब्दमा उनेका छन् । यस गीतलाई तिलक ओलीले एरेन्ज गरेर कर्णप्रिय बनाएका छन् ।
दुर्गा पौडेलले आफैले खिचेर चर्चित मोडलद्वय शिशिर र अञ्जलीलाई झन् राम्रा र आकर्षक तरिकाले देखाएका छन् । उनीहरुको बाल्यकालको भूमिका आयुष वाग्ले र पुष्पा पन्तले निभाएका छन् । नवीन घर्तीमगरले भिडियो काँटछाट गरेका हुन् । भिडियो गायनजोडी देवी घर्ती र राजु ढकालको आफ्नै युट्युब च्यानलमार्फत भर्खरै सार्वजनिक भएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो