अश्विन दानी, पोखरा । गत चैत १७ गते बारा र पर्सामा गएको हावाहुरी पीडित परिवारलाई गण्डकी प्रदेश सरकारले एक करोड रुपैँया सहयोग दिने भएको छ । बिहीबार गण्डकी प्रदेश सरकारले मन्त्रीपरिषद बैठकबाट हावाहुरी पिडित परिवारको आवास पुननिर्माणका लागि सहयोग रकम दिने निर्णय पारित गरेको हो ।
‘बारा र पर्सामा आएको बिनासकारी हावाहुरीका कारण २८ जनाले ज्यान गु्माउनु पर्यो भने ६ सय भनदा बढि घाइते भएका छन् र १ हजार भन्दा बढी घरहरु क्षतिग्रस्त भएको छ’ गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले भने, ‘त्यो घटना प्रदेश नं २ का लागि मात्रै नभएर हामी सबै नेपालीहरुको लागि दुखको कुरा हो । तसर्थ आज बसेको मन्त्रीपरिषदको बैठकबाट निर्णय गरी हाम्रो प्रदेश सरकार मार्फत हावाहुरी पिडित परिवारको घर पुननिर्माणका लागि एक करोड रुपैँया सहयोग दिने निर्णय गरेका छौँ ।’ पीडितको घर पुननिर्माणका लागि सहयोग दिने रकम तत्कालै प्रदेश नम्बर २ को खातामा पठाइने मन्त्री बस्नेतले बताए ।
बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नम्बरं १, ३, ५ सरकारले एक/एक करोड रुपैँया सहयोग प्रदान गरिसकेका छन् भने कर्णाली र सुदुर पश्चिम प्रदेश सरकारले पनि यस अघि नै राहतस्वरुप एक/एक करोड सहयोग रकम प्रदान गर्ने निर्णय गरिसकेका छन् ।
आज बसेको मन्त्रीपरिषद बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन आगामी बैशाख ७ मा अन्त्य हुनेगरी प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । अधिवेशन गत पुस २३ मा सुरु भएको थियो । बैठकले विभिन्न कार्यबिधि पनि पारित गरेको मन्त्री बस्नेतले बताए ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो