‘श्रीमान् दाह्री काट्दैनन्, चिसो रुमाल खाटमा फाल्छन्, नुहाउँदैनन्, सम्बन्धविच्छेद चाहियो’

‘श्रीमान् दाह्री काट्दैनन्, चिसो रुमाल खाटमा फाल्छन्, नुहाउँदैनन्, सम्बन्धविच्छेद चाहियो’

divorce

एजेन्सी । आजकाल स–सानो कुरामा सम्बन्ध टुट्ने स्थितीमा पुग्छ । सम्बन्धविच्छेदका विभिन्न किस्सा त तपाईंले सुन्नुभएकै होला तर मध्यप्रदेशको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको एउटा यस्तो मामला सार्वजनिक भएको छ जसले तपाईंलाई आश्चर्यमा पार्नेछ ।

सम्बन्धविच्छेदको निवेदनमा श्रीमतीले श्रीमानको रहन–सहन चित्त नबुझेको बताएकी छिन् । श्रीमतीका अनुसार उनका श्रीमान् नुहाउँदैनन्, चिसो रुमाल खाटमा फ्याँक्छन् र दाह्री पनि काट्दैनन् । यो मामलामा परामर्श दिइरहेका शैल अवस्थीका अनसार दम्पत्तीले सन् २०१६ मा अन्तरजातीय विवाह गरेका हुन् । युवती ब्राम्हण हुन् र युवक सिन्धी समाजका हुन् । विवाहको एक वर्षसम्म दुईजनाबीच सबैकुरा राम्रै चल्यो तर अब उनीहरुबीच झगडा सुरु भयो ।

युवतीले परामर्शदातालाई श्रीमानको रहन–सहन ठिक नभएको बताइन् ।  उनले भनिन्, ‘उनी सर–सफाइमा ध्यान दिँदैनन् । उनी दाह्री काट्दैनन् चिसो मौसममा धेरै दिनसम्म नुहाउँदैनन् । दुर्गन्ध लुकाउनका लागि उनी परफ्यूम छर्कन्छन् । चिसो रुमाल ओछ्यानमा फाल्छन् ।’

यता श्रीमानले पनि आफू श्रीमतीको हातको खेलौना नभएको बताएका छन् । उनले भनेका छन्, ‘मैले आफ्नो जीवनयापन कसरी गर्ने भनेर म आफैं निर्धारण गर्छु । ’ अचम्मको कुरा के छ भने दुई श्रीमान्–श्रीमती रहन–सहनको कुरामा यति अडिग छन् कि उनीहरु जसरी पनि सम्बन्धविच्छेद चाहन्छन् । मामलाको अहिले टुङ्गो लागेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ