पोखरा । गण्डकी प्रदेशका सांसद राजीव पहारीले पोखराको फेवाताल किनार अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् ।
संघीय सरकारको मातहतमा रहेको उक्त दुई स्थान सर्वसाधारणका लागि खुल्ला नगरेसम्म आन्तरिक तथा वाह्य पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि नहुने भन्दै सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य प्राप्तिका निम्तिपनि सो आवश्यक भएको बताए ।
फेवाताल पुरिँदै गएको तर्फ इंगित गर्दै पहारीले फेवाताललाई पोखरी हुनबाट बचाउन सर्वाेच्च अदालतको आदेश अनुसार काम अगाडि बढेको जानकारी दिँदै फेवातालको मापदण्डको विषय चाँडै प्रष्ट पारिने बताए । प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष दुवैको माध्यमबाट पोखराको पर्यटनले नयाँ उचाई लिने गरी तीव्र गतिमा काम अगाडि बढाउन सरकारलाई आग्रह गरे ।
गण्डकी प्रदेशका सांसद विन्दूकुमार थापाले २०७६ साललाई नेपाल र नेपालीको संवृद्धिको निम्ति ‘माइल स्टोन बर्ष’ को रूपमा उपयोग गर्नुपर्ने बताए । अर्का सांसद रामजी बरालले पोखरालाई सम्पूर्ण गण्डकी प्रदेशको मात्रै नभई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवाला सबै पक्षहरू लागी पर्नु पर्ने बताए ।

सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो