पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुले नियम विपरित इन्धनको दोहोरो सुबिधा लिएको छानबिन उपसमितिले ठहर गरेको छ । बिभिन्न समाचार माध्ययमहमा प्रदेशका मन्त्रीहरुले नियम बिपरीत इन्धनको दोहोरो सुबिधा लिएको समाचार प्रकाशन गरेपछि सार्वजनिक लेखा समितिले गत चैत्र १२ गते गठन गरेको तीन सदस्यीय छानबिन उपसमितिले बुधबार मन्त्रीहरुबाट ऐनविपरित इन्धन सुबिधा लिइएको प्रतिवेदन तयार पारेको हो ।
मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवनसुबिधा सम्बन्धमा व्यबस्था गर्न बनेको ऐन अनुसार मन्त्रीहरुले मासिक एक सय ५० लिटर कराकर इन्धन सुविध पाउँछन् । तर, छानविन उपसमितिले लेखा समितिलाई पेश गर्न तयार पारेको प्रतिवेदन अनुसार मन्त्रीहरुले मन्त्रालयबाट नियमविपरित इन्धन लिएर व्यक्तिगत काममा प्रयोग गरेको उल्लेख गरिएको छ ।
गत चैत्र १२ गते रामजी प्रसाद बरालको संयोजकत्वमा मेखलाल श्रेष्ठ र प्रभा कोइराला सदस्य रहने गरी १५ दिने म्यादसहित गठन गरेको उपसमितिले बुधबार उक्त प्रतिवेदन तयार पारेर लेखा समितिलाई बुझाएको हो ।
छानविन उपसमितिको प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक मामिला मन्त्री किरण गुरुङले २ हजार लिटर, सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले १ हजार ३ सय ५१ लिटर इन्धन लिएका छन् ।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले ५ सय ५८ लिटर, वन तथा वातावरणमन्त्री विकास लम्सालले ३ सय ३० लिटर, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ७ सय ८१ लिटर इन्धन सेवा लिएका छन् । तर, नियम अनुसार प्रदेशका मन्त्रीले मासिक १५० र मुख्य मन्त्रीले २५० लिटर इन्धन सेवा मात्रै पाउने गर्छन् ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो