प्रथम कास्कीकोट चैते दशैँ महोत्सव आजदेखि

प्रथम कास्कीकोट चैते दशैँ महोत्सव आजदेखि

kaskikot view

पोखरा । प्रथम कास्कीकोट चैते दशैँ महोत्सव आजदेखि सुरु हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २४ को आयोजनामा पर्यटकीय स्थल कास्कीकोटमा आजदेखि ३० गतेसम्म उक्त महोत्सव हुने भएको हो ।  महोत्सवको अवलोकनका लागि करिब ५० हजारको दर्शक आउने अनुमान गरिएको आयोजक ले जनाएको  छ ।

महोत्सवमा विभिन्न साँस्कृतिक झाँकी मगर समुदायको कौरा नृत्य, लोपउन्मुख खेलहरुको प्रर्दशन रहने वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए । आज उद्घाटन गरेपछि भलिबल तथा खुल्ला कविता प्रतियोगीता र सडक दौड हुनेछ । महोत्सवमा भजन चुड्का प्रतियोगिता, नौमति तथा पञ्चेबाजा तथा लोकगीत प्रस्तुति हुने छन् । कुल १५ लाख ८० हजार लागत अनुमान गरिएको उक्त महोतसवबाट १६ लाख ८० हजार आम्दानी गर्ने आयोजकले लक्ष्य लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ