गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखरेली संगीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा ज्यान गएको छ । आफ्नै निवास पोखरा १२ शितलादेवीमा स्कुटर दुर्घटनामा निधन भएको कास्की प्रहरीले जानकारी दिएको छ । बुधबार राति साढे नौ बजेतिर थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
थुलुङ आफ्नी श्रीमती सहित स्कुटरमा थिए । प्रहरीका अनुसार दुर्घटनापछि थुलुङ नहरकुलोमा परेका थिए । रातको समयमा ठूलो पानी भेलको नहरमा परेका थुलुङ साढे १० बजेतिर दुईकुलाको मुहानमा भेटिएका थिए । वडा प्रहरी कार्यालय रामबजारको टोलीले थुलुङलाई क्षेत्रीय अस्पताल पु¥यायो । तर अस्पतालले मृत घोषणा ग¥यो । थुलुङकी श्रीमती भने सकुशल छन् ।
५० वर्षका थुलुङको योगदान पोखराको संगीत क्षेत्रमा अतुलनीय रहेको संगीतकर्मी श्यामलाल श्रेष्ठ बताउँछन् । निकै नजिकको सम्बन्धमा रहेका श्रेष्ठले अकल्पनीय दुर्घटनाले स्तब्ध पारेको सुनाए । राति १० बजेतिर मात्रै थाहा भएर अस्पताल पुगेर फर्केका उनले भोलि मात्रै पोष्टमार्टम पछि अन्त्येष्टि गरिने जनाए ।
पूर्वबाट दुई दशक अघि पोखरा आएका थुलुङले पोखरामा तराना म्युजिक सेन्टर सञ्चालन गरी थुप्रै संगीतसाधकलाई जन्माइसकेका छन् । तराना संगीत साँझ लगायतका सांगीतिक गतिविधि गर्दै आएका थिए । यहाँका सांगीतिक कार्यक्रमहरुमा आफै हार्मोनियम, तबला लिएर उनी पुग्थे ।
गायक बिनोद बानियाँ, गायिका इतु जोजिजू, गायक योगेशकाजी, गायक अनुज कुलुङ लगायतले घटनाबाट स्तब्ध भएको जनाएका छन् ।अन्तिम क्षणसम्म पनि उनी सांगीतिक गतिविधिमा सक्रिय थिए । दुर्घटनाको केही घण्टा अघि उनले यहाँका संगीतकर्मीसँगको सामूहिक तस्विर राखेर तराना संगीत साँझबारेमा फेसबुकमा पोष्ट गरेका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने