५० लाख माग्दै सांसदलाई मार्ने धम्की, मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख

५० लाख माग्दै सांसदलाई मार्ने धम्की, मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख

marni dhamki

काठमाडौं–राप्रपा नेपालका सांसद राजेन्द्र लिङदेनले टिवट्मार्फत केही चार प्रश्न गरे । उनले लेखेका थिए, के कसैले पचास लाखको लोभमा म माथि गोली चलाउन सक्ला ? के मलाई गोली हनन पचास लाख खर्च गर्ने कोही होलान् त ? के कसैले गोली ठोक्लाकी भनेर राजेन्द्र लिङ्देन बाटो छोडेर हिँड्छ भनेर कसैले सोचेको होला ? के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने तागत कसैसँग होला ? के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने तागत कसैसँग होला ?

झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित संसद्को यस्तो ट्विट त्यति बेला आएको थियो, जतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले झापाका तिलकदास पराजुलीलाई पक्राउ गरेको थियो। एनसेल र नेपाल टेलिकमको नम्बर भएको दुई फरक–फरक नम्बरबाट सांसद लिङदेनलाई ५० लाख नदिए ज्यान लिने धम्की आएको थियो।

कान्तिपुरसँगको कुराकानीमा उनले आफूलाई ज्यान लिनेसम्मको धम्की आएको र पैसाको माग भएको बताए। सांसद लिङदेनकै सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भएका तिलकदास र हुम्ला घर भएका प्रदीप रोकायलाई पक्राउ गरेको कान्तिपुरमा खबर छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ