परम्परा निभाउने नाममा लिङ्गको टुप्पो काट्दा महोत्तरीमा दुई महिने बालकको मृत्यु

परम्परा निभाउने नाममा लिङ्गको टुप्पो काट्दा महोत्तरीमा दुई महिने बालकको मृत्यु

baby-death

महोत्तरी । इस्लाम धर्मको परम्परा निभाउने नाममा लिंगको टुप्पोको बाहिरी छाला काट्दा अत्यधिक रक्तस्राव भएर दुई महिने बालकको मृत्यु भएको छ । सोमबार राति महोत्तरीको लोहारपट्टि नगरपालिकामा आशिक शेषका दुई महिने छोरा फिरोज शेष को मृत्यु भएको हो ।

धर्मअनुसार बालक खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काट्ने) गरिएको प्रहरीले जानकारी दिएको छ । खतना काटेपछि बालकको अत्यधिक रक्तस्राव भएको थियो । इस्लाम धर्मअनुसार परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाएर बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरेर खतना गरेका  थिए । तर बालकको अत्यधिक रक्तस्राव भएपछि बालकलाई उपचारका लागि लगिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ