पोखरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ। महासचिव विप्लवले सोमवार साँझ विज्ञिप्त जारी गरी केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको दमनविरुद्ध बन्दको घोषणासहित संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
‘जनक्रान्ति र नेपाली जनतामाथिको ओली सरकारको फाँसीवादी दमनको प्रतिरोध गर्न निम्न संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसको प्रभावकारी सफलताको निम्ति सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा सक्रिय सहभागिताको विशेष अनुरोध गर्दछौं।’ नेपाल राष्ट्र र नेपाली जनताको यो हविगत बनाउने दलाल पूँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने ओली सरकारको फाँसीवादी दमनको नेपाली जनतासहित पार्टीले शक्तिशाली प्रतिवाद गर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ।
विज्ञप्तिमा भनिएको छ – ‘ओली सरकारले फरमान जारी ग¥यो कि ३५ दिनको हदम्यादभित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिनेछ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ । जसको परिणाम कपिलवस्तु शिवपुर निवासी दुर्गा बहादुर रोकाको राती ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडिबाट गोली हानी घाइते बनाईयो ।’
विप्लवले ओलीको योजनामा प्रचण्ड पनि सति गएको तर्क आरोप लगाएका छन् । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालिकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्रघात, जनघात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, बलात्कारलाई लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विद्रोही नेकपाका कार्यक्रम
१। चैत्र २६ — २९ सम्म — प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर ।
२। वैशाख २ गते — कोण सभा ।
३। वैशाख ३ गते — अन्तरक्रिया ।
४। वैशाख ४ गते — मशाल जुलुस ।
५। वैशाख ५ गते — नेपाल बन्द ।
६। वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रममा बन्दको आयोजना गरी प्रतिबन्धित गर्ने ।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए