गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चिकित्सकहरुले राखेको माग संविधान विपरित भएको बताउँदै संविधान भन्दा माथि कोहि पनि नभएको प्रस्टाएका छन् । संविधानले दिएको अधिकार प्रयोग गरेर कर्मचारीको ईच्छा, प्राथमिकता, जेष्ठता, कार्यसम्पादन उमेरदेखि स्थायी बसोबासलाई आधार मानेर पदीय अनुसारले स्थानीय, प्रदेश र संघ तीनै ठाउँमा समायोजन गरेको स्पष्ट पार्दै मन्त्री पडितले डाक्टरहरुले आन्दोलन गर्नुको औचित्य नभएको बताए ।
‘जुन बेला समायोजनको काम सुरु भो, त्यो भन्दा अगाडि नै स्वास्थ्यमन्त्रीज्यू, स्वास्थ्य सचिवज्यू र डाक्टर साबहरुको ५ जना नेतृत्वसँग बसेर उहाँहरुको जिज्ञासा र गुनासोलाई सम्बोधन गरिदिने गरिकन काम भएको हो’ मन्त्री पण्डितले भने, ‘त्यसकारण बिशिष्ट, आफूले स्वघोषित विशिष्ट र संविधानभन्दा माथि जाने जुन काम र जहाँ आन्दोलन गर्नु हुँदैन । जहाँ अत्यावश्यक सेवा दिनुपर्छ त्यहाँ आन्दोलन गरेर आफ्नो पेशागत मर्यादालाई पनि बिर्सनु भएको छ । त्यस्तो गर्नु कानुन र नैतिकता विपरित हो । यदि उहाँहरु यस्तै गरिराख्नुहुन्छ भने सरकार दण्डित गर्न पछि हट्दैन ।’
डाक्टरहरुले आन्दोलन गरेर सेवा नदिएर बिरामीहरुलाई निजी क्लिनीकहरुमा जानतर्फ आकर्षित गराएको उनले तर्क गरे । सरकारको आदेश नमानेर आन्दोलन गर्दै सेवा नदिने डाक्टरहरुलाई उनले राजिनामा दिन सुझाव दिएका छन् । ‘डाक्टरहरु काम गर्न तयार हुँदैनन भने कस्ले रोकेको छ ? राजिनामा दिए भै हाल्छ ।’ उनले भने, ‘दुर्गममा पद राखेर, साइनबर्ड झुण्डाएर काठमाण्डौँमा बसेर निजी क्लिनिक खोलेर काम गरेझैँ गर्न दिन्न । यदि दुर्गममा जानुहुन्न भने दुर्गममा डाक्टरको पद खाली भयो भने आवश्यक परे नयाँ डाक्टर भर्ना गरेरै भएपनि त्यो क्षेत्रमा हामी कर्मचारी पठाउँछौँ ।’
यसैबीच, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डाक्टरहरु संघीयता विरुद्ध लागेको आरोप लगाएका छन् । डाक्टरहरुले भने अहिले आन्दोलनमा १४ सय डाक्टर मात्र रहेको र माग पूरा नभए २२ हजार नर्स र अहेब पनि आउने चेतावनी दिएका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए