काठमाडौं– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा)ले अगामी शासनकालका लागि सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको प्रतिबद्धतासहितको चुनावी घोषणा पत्र जारी गरेको छ । नयाँ दिल्लीस्थित पार्टीको मुख्यालयमा मोदीले चुनावी घोषणापत्र जारी गरे ।
चुनावी घोषणापत्रमै भारजपाले दार्जिलिङ र सिक्किम क्षेत्रका नेपाली भाषीको मत लिने गरी नयाँ नीति बनाएको छ । भाजपाले भारतीय गोर्खा अन्तर्गतका ११ जातिलाई जनजातिको मान्यता दिलाउने घोषणा गरेको छ । भाजपाले सन २०१४ को चुनावमा पनि यस्तै प्रतिबद्धता जनाएको थियो ।
यही प्रतिबद्धताकै आधारमा सन् २०१४ को चुनावमा दार्जिलिङको एकमात्र लोकसभा सिटका लागि गोर्खामुक्ति मोर्चा (गोमुमो)लगायतका संगठनले भाजपालाई समर्थन गरेका थिए । उक्त सिटमा भाजपाका एससएस अहलुलिबालिया निर्वाचित भएका थिए ।
तर, पाँच वर्षीभत्र पनि आफ्नो नेतृत्वको सरकारले भुजेल, गुरुङ, मगर, नेवार, जोगी, खस, राई, सुनार, थामी, याखा (देवान) र धिमाल गरी ११ जातिलाई जनजातिको मान्यता दिनेसम्बन्धी विधेयक लोकसभामा नलगेको भन्दै दार्जिलिङमा भाजपाको चर्को विरोध हुँदै आएको छ ।
गोमुमो लगायतका संगठनले त भाजपामाथि दाजिलिङलाई धोका दिएको आरोपसमेत लगाएका छन् । उक्त विरोधपछि दाजिलिङमा राजपाको उपस्थिति कमजोर हुने आँकलन गरिएको थियो । यही बेला राजपाले दाजिलिङबासीलाई फकाउन चुनावी घोषणापत्रमै यो व्यवस्था गरेको हुनसक्ने खबर कान्तिपुरले छापेको छ ।
सम्बन्धित खबर
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा