माउन्टेन म्यूजियम दैनिक १० घण्टा सञ्चालन

माउन्टेन म्यूजियम दैनिक १० घण्टा सञ्चालन

Mountain Musueum

पोखरा । पोखरा रातोपैह्रामा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय अबदेखि दैनिक १० घण्टा सञ्चालनमा आएकोे छ । बिगतका समयमा ८ घण्टा मात्रै सञ्चालन हुने उक्त संग्रहालय आइतबारदेखि १० घण्टा सञ्चालनमा ल्याईएको हो ।

विश्वका बिभिन्न हिमाल र हिमाली समुदायको बारेमा प्रचारप्रसा गर्ने उदेश्यले बनाईएको उक्त संग्रहालय २०६१ साल माघ महिनादेखि सञ्चालनमा आएको थियो । संग्रहालय अवलोकनकर्ता बिगतका समयमा भन्दा बढ्न थालेपछि अवलोकन समय बढाईएको नेपाल पर्वतारोहण संघले जनाएको छ ।

बिगतमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने उक्त संग्रहालय आइतबारदेखि भने बिहान आठ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा ल्याईएको छ ।  संग्रहालय अबलोकन समय दैनिक २ घण्टा थप गरेपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा बुद्धि हुने संघले आशा गरेको छ ।

संग्रहालयमा हिमपहिरो, हिमालको उत्पत्ति, चट्टानलगायत हिमाली ठाउँका बासिन्दाकोे सामाजिक, सांस्कृतिक, धार्मिक एवम् आर्थिक क्रियाकलाप झल्काउने सामग्रीहरु अवलोकन गर्न सकिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds