जीप दुर्घटनामा ३ जनाको मृत्यु, ११ जना घाइते

जीप दुर्घटनामा ३ जनाको मृत्यु, ११ जना घाइते

accident_

अर्घाखाँची जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृत्यू हुनेमा प्युठानको ऐरावती गाउँपालिकाकी १४ वर्षीय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठ रहेको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै घाइतेमध्ये ९ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ । अन्य घाइतेको अर्घाखाँचीमै उपचार भइरहेको छ । सन्धिखर्कबाट सोमबार दिउँसो १ बजे बरौंलाको लागि छुटेको  देउराली यातायातको  लु १ ज १२२९ नम्बरको जिप करिब २ बजेतिर अर्घाखाँची भुमिकास्थान नगरपालिका ८ नुवाकोटको लात्तेमाजमा दुर्घटना भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ