गण्डक न्यूज प्रभाव: मागेको जुत्ताले गण्डकी प्रदेशलाई स्वर्ण जिताउने राजेन्द्रलाई सहयोग, एपीएफबाट अफर

गण्डक न्यूज प्रभाव: मागेको जुत्ताले गण्डकी प्रदेशलाई स्वर्ण जिताउने राजेन्द्रलाई सहयोग, एपीएफबाट अफर

Rajendra Tamang

अश्विन दानी । गत चैत १६ गते गण्डकन्यूज डटकमबाट ‘जो आफ्नो जीवनदेखि सधैँ हारे, उसैले मागेको जुत्ता लगाएर गण्डकी प्रदेशलाई स्वर्ण पदक जिताए’ शीर्षकमा समाचार प्रकाशन भयो । सो समाचारबाट एथ्लेटिक्स खेलाडी राजेन्द्र तामाङले आर्थिक सहयोगदेखि पारिवारिक पुनर्मिलन, सशस्त्र प्रहरीको खेलकुद विभागबाट अफर समेत पाएका छन् । तामाङलाई पोखराको जिरो किलोमिटर निवासी राजाराम शाहीले सोमबार १५ हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् । उनले राजेन्द्र आफैलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

लामो समयसम्म बैदेशिक रोजगारीका क्रममा हङकङ बसेर फर्केका शाहीले समाचार पढ्ने बित्तिकै राजेन्द्रले गरेका संघर्षका कुरा र उनले खेलकुद क्षेत्रमा प्राप्त गरेको उपलब्धिबाट प्रभावित भएको बताए । ‘जो आफै सधैं भाँडा माझेर जिन्दगी जिउँदैछन्, उसैले खेल क्षेत्रमा यति ठूलो योगदान दिएका छन् । त्यसैले भाइले खेलकुद क्षेत्रमा अझै राम्रो गर्छन् भनेर प्रोत्साहन गर्नका लागि यो सहयोग गरेको हुँ । भाइसँग म निरन्तर सम्पर्कमा नै रहन्छु । आगामी दिनमा पनि उनलाई आवश्यक परेमा अरु सहयोग पनि गरिराख्छु ।’

राजेन्द्रलाई सशस्त्र प्रहरी बल खेलकुद बिभागबाट समेत अफर आएको उनले सुनाए । ‘समाचारकै कारण मलाई काठमाण्डौ बोलाउनुभयो । म गएँ । राजाराम सरले आर्थिक सहयोग भोलिपल्टै गर्ने भन्नुभएको थियो । यही कामको लागि काठमाण्डौ गएको थिएँ । त्यसैले बल्ल सरलाई आज भेट्दैछु ।’ राजेन्द्रले खुशी हुँदै भने – आठौं राष्ट्रिय खेलकुद र विभागको खेल पनि सँगै हुने रहेछ । दोधारमा छु । एपीएफ पुगेर आए ।’

‘सहयोग रकमले जुत्ता नै किन्छु’

शाहीबाट १५ हजार रुपैँया सहयोग प्राप्त गरेका उनले उक्त सहयोग रकमबाट जुत्ता नै किन्ने बताउँछन् । ‘उहाँले मलाई सहयोग गर्नु भएको त्यो पैसाले म जुत्ता नै किन्छु’ उनले भने, ‘स्पाइक भन्ने जुत्ता हुन्छ । त्यो जुत्ता काठमाण्डौँमा ५० प्रतिशत छुटमा करीब १० हजारमा पाईन्छ रे । म त्यही किन्छु बाँकी पैसा भयो भने पनि खेल क्षेत्रकै लागि खर्च गर्छु ।’

‘समाचार पढेर तीन बर्षपछि कतारबाट दाजुको फोन आयो’

‘मेरो जेठो दाइ सुमन तामाङ कतारमा हुनुहुन्छ, बिगत तीन बर्षदेखि उहाँ र म सम्पर्कमै थिएनौँ’ राजेन्द्रले भने, ‘तर, गण्डक न्यूजमा छापिएकोे समाचार पढेपछि उहाँले घरमा दिदिलाई फोन गरेर भाईको यस्तो समाचार आको रै’छ भन्नु भएछ’ दाइले समाचार पढेपछी आफ्नो बारेमा चासो राख्न थालेको उनी बताउँछन् ।

‘परिवारले हराएको भन्दै प्रहरी गुहारेछन्’

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता—२०७५ को तयारीका लागि काठमाण्डौँबाट एक्कासी पोखरा आएका तामाङका परिवारले उनी हराएको प्रहरीमा रिपोर्ट समेत गरिसकेका रहेछन् । ‘घरमा त म हराएँ भनेर दिदीले प्रहरीकोमा रिपोर्ट नै गरिसक्नु भएको रहेछ’ राजेन्द्रले भने, ‘दिदीलाई त समाचार पढ्न आउँदैन । कतारबाट दाइले समाचार पढेर घरमा फोन गरेर मेरो बारे सबै भन्नुभएछ । अनि मैले पनि घरमा फोन गरे । घरबाट फोन सम्पर्कमा बस्नु पर्दैन ? हामीले त तँ हराईस् भनेर प्रहरीको समेत रिपोर्ट गरिसकेका थियौँ भन्नुभयो ।’ आफू आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता—२०७५ को तयारीमा ब्यस्त भएको कारण कसैसँग सम्पर्कमा रहन नचाहेको उनले खुलाए ।

उनको बारेमा प्रकाशित समाचार यस्तो थियो:

http://gandaknews.com/tamang/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ