पोखरामा दोस्रो चैते दशैँ खुल्ला भलिबल प्रतियोगिता हुने

पोखरामा दोस्रो चैते दशैँ खुल्ला भलिबल प्रतियोगिता हुने

56426985_2253286454714517_7928298380449546240_n

पोखरा । आगामी चैत्र २८ गतेदेखि ३० गतेसम्म पोखरामा दोस्रो चैते दशैँ तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०७५ तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । स्याङ्जाली तमु समाज पोखरा महानगरपालिका वडा नम्बर २६ ले उक्त कार्यक्रम गर्ने भएको हो ।

२८ गतेबाट सुरु हुने उक्त भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार रुपैँया, द्धित्तिय हुनेले ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक विरधन गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताबाट वेस्ट प्लेयर, वेस्ट स्पाइकर, अनुशासित र वेस्ट डिफेण्डरलाई पनि शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

समाजको अनुसार प्रतियोगितामा सहभागि हुन चाहानेहरुले आगामि चैत्र २७ गते सँझ ६ बजेसम्म टिम दर्ता गरिसक्नु पर्ने छ । पोखराको बुढीबजार घैटेखोरमा रहेको अमरज्योती आधारभुत बिद्यालयको खेलकुद मैदानमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ