सावधान ! किनेर पिउने प्रशोधित पानीमै कोलिफर्म भेटियो

सावधान ! किनेर पिउने प्रशोधित पानीमै कोलिफर्म भेटियो

water-bottles

काठमाडौं–शुद्ध प्रशोधित भन्दै विभिन्न ब्रान्ड दिएर बिक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्रान्ड दिएर बिक्री गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको गोरखापत्र दैनिकमा खबर छ ।

विभागले चालू आर्थिक वर्षको पहिलो ८ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न ९वटा उद्योगले बिक्री गर्ने पानीको नमूना संकलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइएको हो ।

पछिल्लो ८ महिनामा विभागले ३३ वटा पानी उद्योगको नमुना संकलन गरी परीक्षण गरेको थियो । तीमध्ये नौवटा उद्योगले बिक्री गर्ने पानीमा कोलिफर्म भेटिएको छ भने, १८ वटा पानी उद्योगले दूषित गुणस्तरहीन पानी वितरण गरेको पाइएको छ । बाँकी ६ उद्योग मापदण्डविपरीत र ऐन नियमविपरीत सञ्चालनमा रहेको पाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ