तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं १४ रुम्सीबाट चितुवाको आक्रमणबाट घाइते रतुवा मृगको उद्धार गरिएको छ ।
बस्ती नजिकै रहेको सामुदायिक बनबाट आएको रतुवालाई स्थानीयबासीले उद्धार गरेका थिए ।
बस्तीमा रतुवा देखेपछि स्थानीयले उद्धार र डिभिजन बन कार्यालय तनहुँलाई खबर गरेका थिए ।
रुम्सी सामुदायिक बन अन्तर्गत गठन गरिएको चोरी शिकार नियन्त्रण प्रतिरोध इकाईद्वारा उक्त रतुवाको उद्दार गरिएको हो ।
गैसस समन्वय समिति, डब्लुडब्लुएफ, हरियो बन कार्यक्रम दोस्रो अन्तर्गत डिभिजन बन कार्यालय तनहुँ लिई रतुवा हस्तातरण गरिएको हो ।
सामन्य उपचार कार्यालयमा गरिएको र थापा उपचारको लागि पोखरा स्थित रेस्क्यु सेन्टर लैजाने सहायक बन अधिकृत बाबुराम उप्रेतीले बताए ।
“उपचार पश्चात पोखराको रेस्क्यु सेन्टरमा नेचुरल बन बनाइएको छ त्यहि राखिनेछ”, सहायक बन अधिकृत उप्रेती भने ।
पोल खुल्ने र कारबाही हुने दरले वन्यजन्तु भेटिएको अवस्थामा प्रहरी र वन प्राबिधिकलाई सूचना आउन थालेको सहयाक वन अधिकृत उप्रेतीले बताए ।
उनका अनुसार बन्यजन्तु संरक्षणमा स्थानीयले महत्वपुर्ण भूमिका खेलेको बताउँदै बन्यजन्तुको चोरीशिकारीको जानकारी समेत स्थानीयस्तर बाटै आउन थालेको बताए ।
उद्धार गरिएको रतुवाको बाहिरी भाग अन्तर्गत आखा नजिक, घाटी र ढाडमा केहि चोट देखिए उप्रेतीले बताए । “उमेर यति नै भन्न सकिदैन तर अलि बुढो नै भैसकेको देखिन्छ”, सहायक बन अधिकृत उप्रेतीले बताए ।
चितुवा, रतुवा सहितका बन्यजन्तुको चोरीशिकारीमा संलग्न भएकालाई प्रहरी र बन कार्यालयले अदालतमा पेश गरेपछि बस्तीमा भेटिएका बन्यजन्तुलाई समेत स्थानीयले संरक्षण गर्ने गरेका छन् ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते