तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले शनिबार ४२ थान लागु औषध सहित एक महिला लाई पक्राउ गरेको छ । तनहुँ व्यास नगरपालिका वडा नं ५ र वडा नं ४ को सिमाना जोड्ने चाईना पुलबाट उक्त महिला लागुऔषध सहित पक्री परेकी हुन् ।
यसरि पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरी बस्ने वर्ष २३ की पुजा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मगरको शरिर तलासी लिदा उनले बोकेको झोलामा लुकाई राखेको अवस्थामा लागुऔषध फेला परेको प्रहरीले जानेको छ ।
डाइझेपाम इन्जेक्सन १ थान, नोफिन सिसि १ थान र फेनेरेगन सिसि १ थान गरि ३ वटा सिसिलाई एकै ठाउँमा राखी सेतो टेपले बेरेर सेट बनाएको अवस्थामा डाइझेपाम १४ थान, फेनेरेगन १४ थान र नोफिन १ थान गरी जम्मा ४२ थान शिशी लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषध सहि पक्राउ परेकी पुजा मगरलाई लागुऔषध मुद्धामा आइतबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते