भाइको नाममा एसइई दिने दाइ पक्राउ

भाइको नाममा एसइई दिने दाइ पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

काठमाडौं– सिरहाको मिर्चैया नगरपालिका–५ स्थित मोहोन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा १९ वर्षीय अमनकुमार गोइतलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

गोपाल सर्युग नायक जनता माबि भेडियाबाट परीक्षा दिन आएका कल्याणपुर नगरपालिका–५ बस्ने १७ वर्षीय आफ्नै भाइ पिकंकुमार गोहितको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई जिल्ला शिक्षा कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले फेला पारी ईलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds