पोखरा । १८ हजार दर्शक क्षमताको सुविधा सम्पन्न निर्माणाधिन फुटबल स्टेडियमको लागि पोखरा रंगशालामा माटो सम्याउने काम अन्तिम चरणमा पुगेको छ । गत माघ महिनादेखि सम्याउन सुरु गरेको निर्माण कम्पनीले हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ । निर्माण कम्पनीले आगमी असार मसान्त भित्रै फुटबल स्टेडियम निर्माण सम्पन्न गरिसक्नु पर्ने छ ।
कुल एक अर्ब २८ करोड २२ लाखको लागत अनुमान गरी निर्माण सुरु गरिएको उक्त फुटबल स्टेडियम निर्माणको जिम्मा भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम. एए. कन्ट्रक्सनले लिएको छ । स्टेडियम निर्माण सम्पन्न भईसकेपछि रंगशालमा एकै पटक १८ हजार दर्शकहरुले अटाउने छन् ।
पोखराको खेलकुद क्षेत्रमा यो फुटबल स्टेडियम महत्वपूर्ण र गौरवलायक योजना रहेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । खेलकुद मैदानको समस्याका कारण बिगतका समयमा बिभिन्न प्रतिष्ठित खेलकुदहरु सञ्चालन गर्दा आयोजक तथा दर्शकहरुलाई निकै सास्ती हुने गरेपनि फुटबल स्टेडियम निर्माण सम्पन्न भईसकेपछि सहज हुनेछ ।
सम्बन्धित समाचार:
http://gandaknews.com/pokhara-stadium-4/
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो