सूर्य तिमिल्सिना, मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कृषकहरुका लागि आधुनिक मिनि टिलर अर्थात हाते ट्रयाक्टर वितरण गरेको छ । गाउँपालिकाले कृषिमा आधुनिकि कारण ल्याउने उदेश्यले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको हो ।
गाउँपालिका स्थित कृषि शाखा कागबेनीमा एक कार्यक्रम गरि कृषकहरुलाई १३ थान हाते ट्रयाक्टर वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले बताए । गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले कृषकहरुलाई आधुनिक कृषि यन्त्र बितरणबाट थोरै लगानीमा धेरै उत्पादन हुने बिश्वास व्यक्त गरे । साथै आधुनिक यन्त्रको प्रयोग संगै परम्परागत शैलीलाई समेत बिर्सन नहुनेमा जोड दिए । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरिएका हाते ट्रयाक्टरले कृषकहरुका लागि खोनजोत गर्न सजिलो हुनुका साथै कृषि उत्पादनमा पनि वृद्धि हुने कृर्षकहरु बताउँछन् ।
पोखराबाट प्राबिधिक बोलाएरै सिप हस्तान्तरण
साथै हाते ट्रयाक्टर वितरण पश्चात पोखराबाट मेकानिक्स बोलाएरै कृषकहरुलाई त्यसको प्रयोग तथा सामान्य समस्या आउँदा मर्मत गर्नको लागि समेत सिकाइएको छ । कृषि शाखा प्रमुख खड्क भण्डारीका अनुसार गाउँपालिकामा हाते ट्रयाक्टर संग सम्बन्धित प्राबिधिक नभएकोले कृषकहरुको सहजताका लागि पोखराबाट प्राबिधिक बोलाएर उनीहरुलाई यसको प्रयोग गर्न समेत सिकाइएको हो । यसबाट गाउँपालिकाको कृषि उत्पादनम समेत टेवा पुग्ने बिश्वास लिइएको छ ।

सम्बन्धित खबर
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
मुस्ताङमा ९ महिनामा झण्डै ४ लाख पर्यटक भित्रिए
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली सम्मानित
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
मुस्ताङमा बने थप तीनवटा मोटरेबल पुल
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर