पोखरा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा एक जनाको शव भेटिएको छ । शनिबार नगरपालिकाको कोखे र डाङसिङ बिचको ठूलो चौर भन्ने स्थानका ५६ बर्षीय खड्क बहादुर श्रेष्ठको शव भेटिएको हो । श्रेष्ठ मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनसाथ तत्कालै प्रहरी टोली पुगेर घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अबैध भरुवा बन्दुक प्रहरीलाई
मादी गाँउपालिका वडा नम्बर २ का एक ब्यक्तिले भरुवा बन्दुक प्रहरीलाई बुझाएका छन् । शनिबार स्थानीय ८२ बर्षीय जोक बहादुर गुरुङले एक थान बन्दुक अस्थायी प्रहरी चौकी सिल्दुजुरेमा बुझाएका हुन् ।
गुरुङसँग बन्दुकको लाईसेन्स छैन । हाल उक्त बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तनहुँको नारीघाटमा बस र ट्रक ठोक्किँदा ट्रक चालक सहित १६ जना घाइते
तनहुँको नारिघाटमा बस र ट्रक ठोक्किँदा ट्रक चालक सहित बसमा सवार १६ जना घाइते भएका छन । शनिबार पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं-२ नारीघाटमा बस र ट्रक ठोक्किँदा १६ जना घाइते भएका हुन् । आबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको ना ५ ख ८१७६ नम्बरको बस र डुम्रेबाट आबुखैरेनी जादै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । बस, ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो