लगातार परेको पानीका कारण ७० जनाको मृत्यु, लाखौै विस्थापित

लगातार परेको पानीका कारण ७० जनाको मृत्यु, लाखौै विस्थापित

badi

तेहरान : इरानमा बाढीका कारण मृत्यु हुनेकों संख्या ७० पुगेको छ । केही हप्ता देखि लगातार परेको पानीका कारण इरानको पूर्वी प्रान्तहरु बाढीका कारण धेरै प्रभावित भएका छन्। लाखौै मानिसहरु विस्थापित भएकोबताइएको छ। उनीहरुलाई अस्थायी शिविरमा ल्याउने प्रयास भइरहेको छ ।  केजेस्टान प्रान्तको सुसानएगर्डमा मात्रै पचास हजार भन्दा धेरै मानिसहरुलाई स्थानातरण गर्ने प्रक्रिया अघि बढाइएको अधिकारीहरुले बताएका छन्। गत हप्तामात्रै उक्त प्रान्तका ७० गाउँका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो।

अधिकारीहरुका अनुसार बाढीका कारण १९ सय भन्दा बढी शहर र गाउँहरु प्रभावित भएका छन्। हजारौं सडक,पुल र भवनहरुमा क्षति पुगेको छ।  इरान सरकारले बाढीबाट विस्थापितहरुलाई राहत उपलब्ध गराउने र उद्धारको कार्यलाई तिव्र बनाउन अधिकारीहरुलाई निर्देशन दिएको छ। तर अविरल परेको पानीका कारण उद्धार र राहतमा कठिनाइ परेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds