पोखरामा विहीबारदेखि जारी सकारात्मक तथा प्रगतिशील परिवर्तनको लागि टुरिज्म डिजिटलाइजेसन च्यालेन्ज (टिडिसी) कार्यक्रम शनिबार सकिदैंछ । उर्जा ल्याबको आयोजनामा भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्धेश्य सहित पोखराको होटल स्नोल्याण्डमा ३ दिनसम्म कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अन्तिम दिन शनिबार पोखराको अहिलेसम्मैकै ठूलो उद्यम बजार लगायत देशभरका आधुनिक तथा नयाँ उद्यमहरुको स्टल समेत राखिँदैछ । यस्तै, वृहत उद्यमी भेलाको आयोजना समेत हुँदैछ ।
तीन दिवसीय कार्यक्रममा पर्यटन व्यवसायमा उर्जाशील युवा जनशक्तिको ध्यानाकर्षण, चुनौति, पहिचान र समाधानबारे अन्तरक्रिया समेत भएको छ । कार्यक्रममा पर्यटन व्यवसायमा उर्जाशील युवा जनशक्तिको ध्यानाकर्षण, चुनौती, पहिचान र समाधान बारे अन्तरक्रिया गरिएको छ । पोखरा पर्यटन बोर्डका सूर्य थपलिया, नेपाल राष्ट्रबैंकका रामकुमार कार्की, फुडमुडका ई. शुशिल पौडेल लगायतले सहजिकरण गरे ।

कार्यक्रमको मिडिया पार्टनरमा गण्डकन्यूज, परिचय नेट्वर्क रहेको छ । कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड, घुमन्ते, ड्रिमर्स नेपाल, अफिसियल फ्यूचर टेक, हम्सा वेयर्स, डब्लुपी ट्राभल, लक्ष्मी बैंक, सिएफ मोटो, एनवाइइएफ पोखरा, नेपाल ट्रिबुन, सिओटिएस पश्मिाञ्चल क्याम्पस, डाटसन, कट्स–डब्लूआरसी, होटल बाराही, होटल हिमालयन भ्याकेसन, व्यञ्जन पोखरा र हिमालयन जाभा पोखरा लगायत संस्थाहरुले सहकार्य गरेका छन् ।

सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला