काठमाडौं–जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म देशभरको मौसम बदली हुने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखाएको छ । महाशाखाले गरेको अनुमान अनुसार शनिबार, आइतबार र सोमबार देशभरको मौसम बदली हुनेछ । धेरै ठाउँमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना छ । हावाहुरी र चट्याङसहितको वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसमविदहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
महाशाखाले गरेको दैनिक मौसमको अनुमान यस्तो छ:
चैत २३ गते शनिबार(आज)
आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका विभिन्नस्थानमा पानी परिरहेको छ । मेघ गर्जन तथा चट्टयाङसहित वर्षा गराउने बादल विकसित भएपछि वर्षाभएको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानमा मेघ गर्जनसहित हुरी बतासका साथ वर्षाको संभावना रहेको महाशाखाका मौसमविद बरुण पौडेलले बताए । साथै उच्च हिमाली भूभागका जिल्लाहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना देखिएको छ । तराइका जिल्लाहरुमा हुरीबतास चल्ने सम्भावना छ । राति देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ । हिमाली जिल्लामा हिमपात, पहाडी जिल्लामा मेघगर्जनसहितको वर्षा र तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।
चैत २४ गते आइतबार(भोलि)
आइतबार पनि मौसम बदली रहनेछ । बिहान पानीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरैजसो भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भुभागका १/२ स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाको अनुमान छ । राति पनि मौसममा बदली हुने सम्भावना छ ।
चैत २५ गते सोमबार(पर्सी)
सोमबार साँझबाट मौसममा केही सुधार आएपनि बिहान र दिउँसो सामान्य बदली रहनेछ । सोमबार पनि हिमाली जिल्लामा हिमपात, पहाडी जिल्लामा वर्षा र तराईका जिल्लामा हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने सम्भावना छ ।news source: khabarhub
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए