एजेन्सी । २५ वर्ष वैवाहिक जीवनमा रहेका दम्पतीको दुनियाकै महंगो डिर्भाेस हुने भएको छ । हाल संसारको सबैभन्दा धनी मानिस रहेका अमेजन कम्पनीका मालिक जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको सम्बन्दबिच्छेदन् हुने पक्का भएको छ । संसारको अहिलेसम्मकै सबैभन्दा महँगो ३५ बिलियन अमेरिकी डलरको (करिब ३८ अर्ब नेपाली रुपैयाँ बढी) मा सम्बन्धविच्छेदका लागि सहमती भएको बताइएको छ ।
जेफ बेजोसले स्थापना गरेको अनलाइन किनमेल कम्पनी अमेजनको चार प्रतिशत सेयर उनकी पत्नी मक्केन्जीसँग हुने भएको हाे । स्मरण रहोस जेफले वाशिङ्टन पोस्ट दैनिक सन् २०१३मा किनीसकेका छन् । उनको सो
वाशिङ्टन पोस्ट दैनिक र अन्तरिक्ष यात्रा कम्पनी ब्लू ओरिजिनसँग भने श्रीमतीको सम्पतीको कुनै सम्बन्ध रहने छैन।
१९९४ मा जेफले एमेजन स्थापना गर्नु अगाडि नै उनीहरूले विवाह गरेका हुन् र माक्केन्जी एमेजनको पहिलो कामदारहरूमध्येकी थिइन्। मक्केन्जी एक सफल लेखिका मानिन्छिन् । ४८ वर्षीय मक्केन्जीले सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी छन्।
अमेरिकी स्टक बजारका पछिल्ला तथ्याङ्कअनुसार एमेजनको कुल मूल्य ७९७ अर्ब डलर पुगेको छ। सन् २०१८ मा एमेजनले २.३ खर्ब डलरको समान बेचेको थियो।जेफ बेजोससँग एमेजनको १६.३ प्रतिशत सेयर थियो जसको ७५ प्रतिशत अझैपनि उनीसँगै रहनेछ र माक्केन्जीले आफ्नो सेयरको मताधिकार पूर्वपतिलाई दिएकी छन्।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते