किरण श्रेष्ठ, तनहुँ । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय तनहुँको उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँ अब गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो ।
नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव दिर्घनारायण पौडेलले मंगलबार उद्घाटन गरे । कार्यालयमा जनस्वास्थ्य अधिकृत सहित १४ कर्मचारीको दरबन्दी छ ।
प्रदेश सरकार मातहत रहेका जिल्लाका स्वास्थ्य संस्थामा प्राविधिक सहयोग, कर्मचारी र स्वास्थ्यकर्मीको क्षमता विकास, तालिम सञ्चालन, औषधि आपुर्तिसँगै अन्तरपालिका समन्वयको काम गरिने स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।
कार्यालयको उद्घाटन गर्दै मन्त्रालयका सचिव पौडेलले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील रहेकाले जनतालाई सरल र सहज तवरले सेवा प्रवाहको लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताए ।
दुरदराजमा गएर सेवा गर्ने स्वास्थ्य स्वमसेविका डक्टर समान भएको उनले बताए । काम गरे अनुसार पारिश्रमिक दिन नसकिएको र यस विषयमा मन्त्रालयमा छलफल भईरहेको पौडेलले बताए ।
त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारि भरत कुमार शर्माले स्वास्थ्य कार्यालय विघटन हुदा भएको अन्यौलता अब हटेको बताए । जिल्लामा हुन सक्ने महामारी संगै अन्य रोगहरु व्यवस्थापन गर्न अब अहज हुने प्रजिअ शर्माले बताए ।
कार्यालय लाई आवश्यक कर्मचारीको पदपूर्ति चाडै गर्नुपर्ने शर्माले बताए । जनता लाई छिटो सेवा प्रदान गर्नको लागि संघियता लागु भएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए । स्वास्थ्य अति संवेदनशील क्षेत्र हो त्यसैले हरेक जिल्लामा स्वास्थ्य कार्यालय हुन पर्ने भएकोले स्वास्थ्य स्थापना गरिको प्रमुख वाग्लेले बताए ।
“अब नजिकको सरकारलाई कार्यालय हस्तान्तरण हुनुपर्छ अनि मात्रै सेवा चाडै सेवा प्राप्त गर्न सक्छौ ।”, जिसस प्रमुख वाग्लेले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदिप अधिकारि, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख रमेश प्रसाद अधिकारिले कार्यालय स्थापनाले जिल्लाको स्वास्थ्य क्षेत्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।
महिला स्वास्थ्य स्वयंसेविका र प्रारम्भिक बालविकासका सहजकर्तालाई सम्मान
महिला स्वास्थ्य स्वयंसेविका तथा प्रारम्भिक बालविकासका सहजकर्ताहरुलाई गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
मंगलबार स्वास्थ्य कार्यालय उद्घाटन समारोहमा महिला स्वास्थ्य स्वयंसेविका तथा प्रारम्भिक बालविकासका सहजकर्ताहरुलाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेशको १० लाख बजेटबाट प्रदेशभरका ८५ वटा स्थानिय तहका प्रत्येक स्थानिय तहका १ जना महिला स्वास्थ्य स्वयंसेविका र १ जना प्रारम्भिक बालविकासका सहजकर्ताहरुलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
तनहुँको १० वटा स्थानिय तहका २० जना महिला स्वास्थ्य स्वयसेविका तथा प्रारम्भिक बालविकासका सहजकर्ताहरुलाई सम्मान गरिएको हो ।
महिला स्वास्थ्य स्वयंसेविका तथा प्रारम्भिक बालविकासका सहजकर्ताहरुले गरेको उत्कृष्ट कामका आधारमा उनीहरु लाई सम्मान गरिएको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
स्थानिय तहको छनौट समितिबाट नै छनौट भएर आएको महिला स्वास्थ्य स्वयसेविका तथा प्रारम्भिक बालविकासका सहजकर्ताहरु लाई मन्त्रालयए जनाएको छ । मुल्याङकन गर्दा भेदभाव भएको र समन्वय गर्दा राम्रो संग नगरिएको भन्दै सेतो गुरास बालविकासकी सहजकर्ता सरिता भण्डारीले दुख व्यक्त गरिन ।
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी