चोरीको २३ लाख प्रहरीसँग भागबन्डा लगाएपछि रिहाई

चोरीको २३ लाख प्रहरीसँग भागबन्डा लगाएपछि रिहाई

Police

प्रतिकात्मक चित्र

धनगढी । दशरथचन्द नगरपालिका वडा नम्बर ४ का नीरजबहादुर चन्दलाई केही दिनअघि अत्तरियाबाट प्रहरीले चोरीको २३ लाख ३८ हजार रुपैँयासहित पक्राउ गरेर जिल्ला प्रहरी कैलालीमा बुझायो । प्रहरीले एक दिन थुनामा राखेर र चार दिन तारेखमा बोलाएर अनुसन्धान गर्दा चन्दले उक्त पैसा भारतबाट कमाएर ल्याए भनेपछि प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका–५ का शन नेपाल तरुण दलका पूर्वधनगढी नगर अध्यक्ष रोशन सिंहको जिम्मा लगायो ।
तर, पुन बैतडी प्रहरीले चैत १६ गते नीरजलाई उक्त रकम भारतको राजस्थानबाट चोरेर ल्याएको पक्राउ गर्याे । नीरजका आफन्त देवबहादुर चन्दले कैलाली प्रहरीले १३ लाख रकम लिएर छाडेको समाचार अन्नपूर्ण पोष्टले प्रकाशन गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds