नेपालले कतारलाई पानी बिक्री गर्ने

नेपालले कतारलाई पानी बिक्री गर्ने

water-bottles

काठमाडौं – खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो ।

मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङवाटर निर्यात गर्ने विषयमा मेरो ध्यान केन्द्रित छ,’ उनले भनिन्, ‘कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो ।’

स्प्रिङवाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिबीच थप छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो । मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशनसमेत दिइन् । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds