पोखरा । बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा पुनर्निर्माण अभियान लिएर अनेरास्ववियु कास्कीको टोली प्रभावित क्षेत्रमा पुगेको छ । पीडितको उद्धार तथा प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्ने उद्देश्यले मंगलबार १० दिनका लागि १५ जनाको टोली प्रस्थान गरेको अनेरास्ववियु कास्कीले जनाएको छ ।
टोलीले पीडित परिवारको घर पुनर्निर्माण तथा त्यहाँ स्थित केहि विद्यालय समेत पुनर्निर्माण गरेर फर्किने अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले जानकारी दिए । ‘अनेरास्ववियु कास्कीको तर्फबाट पीडित परिवारको घर तथा बिद्यालय पुनर्निर्माण गर्ने उद्देश्यले आज हामी १५ जनाको टीम पर्सा आईपुगेका छौँ’ अध्यक्ष गौतमले भने, ‘हाम्रो टिम यहाँ १० दिनसम्म बसेर यहाँ भएका हाम्रा अनेरास्ववियुका साथीहरुसँग समन्वय गरी पीडित परिवारको घर पुनर्निर्माण गरेर फर्कन्छौँ ।’
अनेरास्ववियु कास्कीबाट गएको टोलीमा जनप्रिय, भानुभक्त र शहीद कृष्ण क्याम्पसका विद्यार्थीहरु छन् । टोलीलाई गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले पुनर्निर्माणका लागि आवश्यक गैँची, बेल्चा तथा आवश्यक औजार दिएर बिदाई गरेका थिए ।
‘हिमाल, पहाड या तराई देशको जुनसुकै भु—भागमा प्राकृतिक या अन्य कारण जस्तो सुकै बिपद् परेपनि हामी सबै नेपालीहरु एकजुट भएर त्यसको समाधान खोज्नु पर्छ’ त्यहाँ पुगेपछि गौतमले गण्डकन्यूजसँग भने, ‘हाम्रो टोली यहाँ आईपुगेर प्रभावित क्षेत्रतर्फ पनि पुग्यो । यहाँ अहिले पीडितहरुलाई बस्ने तथा खाने व्यवस्था स्थानिय सरकारले गरेको रहेछ । भत्किएका भौतिक संरचना लथालिंग अवस्थामा छ । त्यसैले सुरुमा हामी भोलिदेखि नै यहाँको फोहोर व्यवस्थापनमा लाग्छौँ अनि मात्रै पुनर्निर्माणको काम । ’
अनेरास्ववियूका रियाज तिमिल्सिना, मनोज पहारी लगायत टोलीमा सहभागीहरुले त्यहाँको अवस्था निकै दुःखद रहेको जानकारी दिए ।

सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो