पोखरा ।नेपाल खेलकुद पत्रकार मंच गण्डकी प्रदेशका नवनिर्वाचित कार्यसमितीलाई बधाईसहित सम्मान गरिएको छ । सोमबार पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, कास्की जिल्ला खेलकुद बिकास समिती र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको संयुक्त आयोजनामा एक कार्यक्रम गरि खेलकुद पत्रकार मंच गण्डकी प्रदेशका नवनिर्वाचित कार्यसमितीलाई बधाईसहित सम्मान गरिएको हो ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल, तालिम तथा प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, नेपाल हक्की संघका केन्द्रिय उपाध्यक्ष हिमाल खड्का लागएतले नव निर्वाचित कार्यसमितीलाई बधाई तथा सम्मान गरेका थिए ।
‘खेलाडी र खेलुकदमा कलम चलाउने पत्रकार हरुका नङ र मासुको जस्ते सम्बन्ध हुन्छ’ पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले भने, ‘ त्यसैले म खेलकुदमा देखिएका विकृती र विसगंती विरुद्ध कलम चलाउने मात्रै नभई भएका राम्रा गतिविधीलाई समेत जनमानसमा पुर्याउन सबैलाई आग्रह गर्छु ।’ खेलकुदमा संचालन भइरहेका साना ठूला प्रतियोगिताहरुलाई जनमानसमा पुर्याई खेलाडीको हौसला अभिवृद्धी गर्न तथा खेलाडीका जीवनका व्यक्तिगत कुराहरुलाई समेत संचार माध्यम मार्फत आम जनमानसमा पुर्याउनु पर्नेमा उनले जोड दिए ।
कास्की जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष एवम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको कायक्रममा मंचका नवनिर्वाचित अध्यक्ष एकराज गिरीले मंचले आयोजना गर्ने चौथो संस्करणको पोखरा स्पोर्टस् अर्वाडलाई सफल पार्न सहयोगको अपिल गरेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने