जीएमसी प्रकरण : ठगी मुद्दामा पक्राउ परेका कर्मचारीलाई जनही १७ लाख धरौटी छाडियो

जीएमसी प्रकरण : ठगी मुद्दामा पक्राउ परेका कर्मचारीलाई जनही १७ लाख धरौटी छाडियो

gmc

फाइल तस्बीर

पोखरा । ठगी मुद्दामा पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुई कर्मचारीलाई कास्की जिल्ला अदालतले जनही १७ लाख धरौटी लिएर तारेखमा छाडेको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले सोमबार कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मासँग उक्त धरौटी मागको आदेश गरेको हो ।

सरकारले तोकेभन्दा बढी रकम असुलेर ठगी गरेको भन्दै कारवाहीको मागसहित विद्यार्थीले कलेज अध्यक्ष खुमा अर्यालसहित पदाधिकारी र कर्मचारी गरी ११ जनाविरुद्ध विभिन्न ५ जाहेरी दिएका थिए । जाहेरीका आधारमा खनाल र शर्मालाई प्रहरीले फागुन २२ मा पक्राउ गरी मुद्दाको अनुसन्धान थालेको थियो । प्रहरीले गत बिहीबार दुवैजनालाई अदालतमा मुद्दा दायर गरेको थियो । शुक्रबारदेखि थुनछेकको बहस सुरु भएर सोमबार सकिएलगत्तै अदालतले यस्तो आदेश दिएको हो ।

भौचर भन्दाबाहेक चिट दिएर रुपैया लिएको, अन्य शुल्क लिन पाउने गरी कुनै निकायबाट निर्णय भई अख्तियारी प्राप्त भएको नदेखिएको र किटानी जाहेरी परेको समेतका मिसिल संलग्न तत्काल प्राप्त कागजातबाट प्रतिवादी हाल कसुरदार होइन रहेनछन् भनि मान्न नमिलेको आदेशमा भनिएको छ ।

सरकारले तोकेभन्दा बढी रकम असुलेर ठगी गरेको भन्दै कारवाहीको मागसहित विद्यार्थीले विभिन्न ५ जाहेरी दिएका थिए । ५ मध्ये ४ वटामा खनाल र शर्मालाई विपक्षी बनाइएको छ । मुद्दामा कलेजका सञ्चालक अध्यक्ष खुमा अर्याल, खनाल, शर्मा, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रविन्द्रप्रसाद श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, कर्मचारीहरू हरिमाया पौडल, दिनेश पौडेल, तिलक पौडेल, कृष्ण पौडेल विश्वराज घिमिरेलाई विपक्षी बनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds