भत्काउनु पर्ने सडक मर्मतमा सवा करोड खर्च

भत्काउनु पर्ने सडक मर्मतमा सवा करोड खर्च

sadak-pich-road

धरान – भत्काउनु पर्ने सडकका लागि सुनसरीको धरान उपमहानगरपालिकले १ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । धरान विराटनगर ४९ किलोमिटर ६ लेन सडकअन्तर्गत भानु चोकबाट लक्ष्मी चोकसम्मको कोसी लोकमार्गको बजेट खन्याइएको हो ।

क्षेत्राधिकारमा नपर्ने सडकमा उपमहानगरपालिकाले बजेट अन्याउनु गलत भएको स्थानीयको गुनासो छ । सडक विभागले ६ लेनको बनाउँदै आएको सडकमा बजेट खर्च गर्नु नीतिगत भ्रष्टाचार भएको असन्तुष्ट जनप्रतिनिधिले बताएका छन् ।

विभागको कार्यक्षेत्रभित्र पर्ने लोकमार्गमा बजेट विनियोजन नगर्न आग्रह गर्दा पनि कार्यवाहक मेयर मञ्जु भण्डारीले अटेर गरेको धरान १८ का वडाध्यक्ष प्रवीण राईले बताए । यो समाचार रत्नप्रसाद आचार्य अन्नपूर्णमा लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds