दाइजाे एक कलंक : एक धर्को सिन्दुरभन्दा सस्तो जिन्दगी

दाइजाे एक कलंक : एक धर्को सिन्दुरभन्दा सस्तो जिन्दगी

sunita-1

जिन्दगीको मूल्य कति हुन्छ ? भनिन्छ- अनमोल । तर, मधेसको धेरै छोरी चेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दुरभन्दा धेरै सस्तो भइरहेको छ । दाइजोको नाममा तीमध्ये कतिले लामो जिन्दगी पलपल मरेर बाँचिरहनुपरेको छ । कतिले बाँच्छु भन्दाभन्दै मर्नु परिरहेको छ ।

वीरगञ्जकी सुनितादेवी यसको पछिल्लो सिकार हुन् । श्रीमानको निर्घात कुटाईबाट उनको अकालमै ज्यान गुमाउनु प¥यो । १५ वर्षसम्मको यातनाको अन्त्य मृत्युबाट भयो । चिकित्सक श्रीमान सतितानन्द यादवको बर्बर यातना अन्ततः उनको शरीरले थेग्न सकेन् । उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ सुनिताको मृत्यु भयो ।

बाराको परवानीपुर बहुअरीको सुनिताको विवाहका बेला चिकित्सक ज्वाइँ पाउन परिवारले दाइजोमा २० लाख रुपैयाँसम्म खर्चेको थियो । यो समाचार मनिस झाले अन्नपूर्णमा लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds