बाुबुले आमाको मृत्यु भएपनि दाहसंस्कार गर्दा दागबत्ती नदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीले आमाको सम्पूर्ण काज किरिया आफैँले गरेको समाचार ईमेज खबरले प्रकाशन गरेको छ । गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे, आमाको शरीरलाई माटोले पुर्दै गर्दा जिन्दगीमा आफूहरु टुहुरो भएको महसुस गरे ।
भक्तपुर क्यान्सर अस्पतालमा पाठेघर क्यान्सरको उपचारका क्रममा निधन भएपछि पार्वतीको शव भक्तपुर नगरपालिका हनुमानघाटस्थित दशनामी समुदायको समाधिस्थलमा दाहसंस्कारका लागि लगेर खबर गर्दा पनि नआएपछि गुठियारले गएर ल्याएका पति हरिबहादुरले मृतक श्रमिती र छोरीहरुको अनुहार समेत नहेरी फर्किएको छोरीहरु बताउँछन् ।
‘आमाको पार्थिव शरीरमा दागबत्ती दिएर एक मुठ्ठी माटो समेत नदिने निर्दयी बाबुले श्रीमतीको किरिया पनि बस्दिन, जूठो पनि बार्दिन भनेपछि दागबत्ती दिएर आमाको अन्तिम संस्कार गरी हामी दुई छोरी नै आमाको किरियामा बसेका हौ’, गहँभरी आँशु पार्दै जेठी छोरी प्रभाले भनिन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने