पोखरा । नेपाल पत्रकार महासंघको ६४ औँ स्थापनको दिवस पत्रकार महासंघ कास्की शाखाले पनि एक कार्यक्रम गरि मनाएको छ । शनिबार परेको महासंघको स्थापना दिवसमा कास्की शाखाले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रममा मन्त्व्य राख्दै शाखाका पूर्व अध्यक्ष वद्रिविनोद प्रतीकले नेपालमा सामाजिक तथा राजनीतिक परिवर्तनको लागि पत्रकार महासंघ र पत्रकारको योगदान महत्वपूर्ण रहेको बताउँदै सबैले पत्रकार आचार संहिताको पालना गर्नुपर्ने बताए ।
त्यस्तै, पूर्व अध्यक्ष पुण्यप्रसाद पौडेलले मिडियामा सेन्सरसीप लगाउन नहुने तथा सेन्सरसीप मान्य नहुने बताएका थिए । अध्यक्षको आसनबाट बोल्दै बिमला भण्डारीले ६४ वर्षको इतिहास रहेको महासंघको योगदान पछिल्लो पुस्ताले भुल्न नहुने बताइन् । पूर्व अध्यक्ष रवीन्द्रप्रसाद बास्तोलाले स्वतन्त्र पत्रकारितामा जोड दिँदै स्वतन्त्र पत्रकारितामाथि समयसमयमा हुने आक्रमण मान्य नहुने बताए।
पत्रकार महासंघ कास्की शाखाका कार्यवाहक अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल, बानका महासचिव दुर्गा अधिकारी, प्रेश संगठन नेपालका केन्द्रीय सदस्य श्याम कुँवर, स्वतन्त्र पत्रकार संघ कास्की अध्यक्ष कृष्ण थापा, संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष स्मीता अधिकारी लगायतल मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो