सहकर्मीले पादेको आरोप लगाउँदै अदालतमा मुद्दा, २० करोड क्षतिपूर्ति माग

सहकर्मीले पादेको आरोप लगाउँदै अदालतमा मुद्दा, २० करोड क्षतिपूर्ति माग

padyeko

एजेन्सी । हालै अष्ट्रेलियामा एक अपत्यारिलो मुद्दा दर्ता भएपछि निकै हास्याँस्पद चर्चा पाएको छ । अष्ट्रेलियाको मेलबर्नका डेभिड नामक एक व्यक्तीले आफ्नो कार्यालयमा आएर पाद्ने गरेको आरोप लगाउँदै आफ्ना सहकर्मीविरुद्ध मुद्दा दर्ता गरि करिब २० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।

निर्माण इन्जिनियरको काम गर्ने डेभिड नामक ती व्यक्तीले आफ्ना सहकर्मीले प्रत्येक दिन आफ्नो कार्यालयमा आएर पाद्ने गरेको अरोप लगाउदै मुद्दा दर्ता गरेका हुन् । तर भिक्टोरिया उच्च अदालतले भने यसबारे अहिले कुनै कुरा बाहिर निकालेको छैन । ती व्यक्तीले आफ्नाे सहकर्मी दिनमा ५-६ पटक कार्यालयमा आएर पाद्ने हुँदा काम गर्न नै अफ्ठ्यारो परेपछि मुद्दा दर्ता गर्न बाध्य भएको भनाइ राखेका छन् ।

सहकर्मीको पाद्ने बानीका कारण आफु व्यक्तिगत रुपमा पीडित भएको, कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएको र समाधानको अरु बाटो नदेखेपछि अदालतको ढोका ढक्ढकाउनुपरेको उनको भनाई छ । डेभिड नामका ती ५६ वर्षीय इन्जिनियरले पदुवा सहकर्मीविरुद्ध १८ लाख डलर अर्थात २० कराेड बराबर क्षतिपूर्तिको माग गरेका छन् ।यो मुद्दाको बारेमा अदालतले आउँदो शुक्रबार अन्तिम फैसला गर्ने जनाइएको छ ।

बीबीसीबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ