एजेन्सी । केहि पहिले सफल नायिकाको रुपमा बलिउडमा स्थापित भइसकेकी अमीषा पटेल पछिल्लो समय फिल्महरुमा त्यति देखिएकी छैनन् । फिल्ममा नआएपनि उनीसँग सम्बन्धित अन्य समाचारले भने अमीषा समाचारमा आइनै रहन्छिन् । विशेषगरी फिल्म भन्दापनी उनको अन्य काण्डमा नाम आउने गरेको छ ।
हालै यस्तै एउटा ठगी काण्डमा उनको नाम जोडिएको छ । फिल्म निर्माता अजय कुमार सिंहले उनलाई साँढे दुई करोड भारु ठगीको आरोप लगाएका हुन् । मुम्बई मिररले जनाए अनुसार अमीषाले कुन्नाल गु्रमरसँग बनाएको फिल्म ‘देशी मेजिक’ को लागि अजयसँग पैसा लिएका थिए । अजयका अनुसार सन् २०१३ मै बनाउन शुरु गरिएको फिल्म रिलिज हुनासाथ ब्याजसहित पैसा दिने शर्त भएपनि अमीषाले पैसा दिन आनकानी गरिरहीन् ।
लामो समयसम्म फिल्म रिलिज नभएपछि अजयले पैसा माग्दा अमीषाले तीन करोडको चेक दिएकी थिइन् । उक्त चेक बापत् पैसा लिन जाँदा चेक नै बाउन्स भएपछि अजयले अमीषालाई यसबारे भन्दा अमीषाले धम्काएको अजयको दाबी छ । ठुला ठुला व्यक्तित्वहरुसँगको फोटो देखाइ उनलाई हप्काएपछि अजयले कानूनी उपचार खोजेको बताइएको छ ।
लामो समयदेखी धोखा दिइको कारण अजयले राँची अदालतमा उजुरी दर्ता गराइ कानूनी रुपमा नोटिस नै पठाएको थाहा भएको छ । यसबारेमा हालसम्म अमीषाको कुनै भनाइ बाहिर आएको छैन । बलिउड करियरको पहिलो दुई फिल्म ‘कहो ना प्यार हे’ र ‘गदर, एक प्रेम कहानी’ मा काम गरिसकेकी अमीषा पछिल्लो समय भने चल्न सकेकी छैनन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने