मेस्सीको गोलमा बार्सिलोना विजयी

मेस्सीको गोलमा बार्सिलोना विजयी

barsa

एजेन्सी – कप्तान लियोनल मेस्सीको गोलमा बार्सिलोनाले ला—लीगामा जित हात पारेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले आसीडी एसपान्योललाई पराजित गर्दै दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग १३ अंकको स्पष्ट अग्रता बाएको छ । बार्सिलोनाले एसपान्योललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

७० मिनेटसम्म गोलरहति खेलेको बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी ७१ औंख मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले ८९ औ्रं मिनेृटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० गोलको जीत दिलाए ।
जीतसँगै बार्सिलोना ६९ अंकसहित ला—लीगाको शीर्ष स्थानमा पुगेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ भने तेस्रो स्थानको रियल मड्रिडको ५४ अंकरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ