ट्याक्सी चालक ठग हुन् ? यस्ता पनि छन् पोखरामा ‘ट्याक्सी नं. ४९०९’

ट्याक्सी चालक ठग हुन् ? यस्ता पनि छन् पोखरामा ‘ट्याक्सी नं. ४९०९’

Taxi

‘ट्याक्सी चालकले ठगे । बढी पैसा लिए । मिटरमा गुड्न मान्दैनन् । फेला परेको सामान लुकाए ।’ गुनासो धेरैको छ । तर केही ट्याक्सी चालक अपवाद छन् । सबैले ठग्दैनन्, सबैले सामान लुकाउँदैनन् । ट्याक्सी नं. ग१ज ४९०९ को चर्चा यतिबेला चुलिएको छ ।

ट्याक्सीमा धेरैले आफ्ना सन्तानको नाम, बुबाआमाको आर्शिवाद र मन्दिर, कुलदेवताको नाम लेखिएको देखिन्छ । यस ट्याक्सीमा भने लेखिएको छ: ‘५० दिन भूकम्प पीडित, १०५ दिन बृद्धबृद्धाको निःशुल्क ट्याक्सी सेवा पछि अब आउने दिन नेत्रहीनको लागि (पोखरा भित्र)’

लेक्चरर तथा कानुन व्यवसायी उपेन्द्र पौडेलले ‘मानवता मरिहालेकै चाही छैन है । पोखरामा चल्ने यो ट्याक्सीको सन्देसले दिलखुस बनायो । यो सवारीका साहुजीरचालकसँग चिया पिउने मन भो । चिन्नुहुन्छ कसैले?’ लेखेर ट्याक्सीको तस्विर सार्वजनिक गरेका छन् ।

ट्याक्सी स्याङ्जा वालिङ घर भई पोखरा रामबजार बस्ने चेतबहादुर आलेको हो । उनले भुकम्प प्रभावित र बृद्धबृद्धाको सेवा पछि अब यो सेवा निकट भविष्यमै सुरु गर्ने योजनामा रहेको बताए । आलेसँग भेट गरेर हामी थप सामाग्री प्रस्तुत गर्नेछौं ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds